सुर्खेत – नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका कर्णाली प्रदेशसभाका सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् । उनी दैलेख क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर प्रदेश सभामा प्रत्यक्षमा निर्वाचित भएका थिए ।


ADVERTISEMENT


माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलले रेग्मीले दल त्याग गरेको कुरा प्रदेशसभा सचिवालयलाई चैत्र २० गते लिखित रुपमा जानकारी गराएको थियो । राजनीतिक दल सम्बन्त्री ऐन २०७३ को दफा ३५ (२०) तथा कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १९० बमोजिम सोमबार प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सूचना जारी गरेका छन् ।


ADVERTISEMENT

# # #


हाल कर्णाली प्रदेशको प्रदेश सभा अधिवेशन स्गथगित रहेको छ । यस्तो अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि पार्टीले सचिवालयलाई दिएको सूचना अनुसार कुनै पनि सांसदको पद रिक्त हुने व्यवस्था रहेको छ ।

हालै माओवादी केन्द्र त्यागेका रेग्मीलाई एमालेले केन्द्रीय सदस्य तथा प्रदेश सचिव बनाएको थियो ।