मोरङ– विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा वेस्ट बङ्गालविरुद्व ३–० गोल गर्दै विराटनगर–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका थिए ।

विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद रु. १० हजार प्रदान गरिएको छ ।

दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि शुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ । रासस