– नेपाल क्रिकेट संघ (क्यान)को आयोजना नेपाल, नेदरल्याण्ड र मलेसियाबीच काठमाडौँमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।


ADVERTISEMENT


क्यानले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल आयोजक टोली नेपाल र नेदरल्याण्डबीच दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ । १७ अप्रिलदेखि सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।


ADVERTISEMENT

# # #


डबल राउन्ड रोबिनमा खेलिने प्रतियोगिताको उत्कृष्ट दुई टिमले २४ अप्रिलमा फाइनलमा खेल्नेछन् । सिरिजका लागि नेदरल्याण्ड र मलेसियाले अन्तिम टोली घोषणा गरिसकेको छ । नेपालले भने २० जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणमा केही दिनको अभ्यासपछि अन्तिम टोलीको टुंगो लगाइनेछ ।

खेल तालिका
वैशाख ४ गते शनिबार (१७ अप्रिल) नेपाल विरुद्ध नेदरल्याण्ड दिउँसो २ः१५ देखि
वैशाख ५ गते आइतबार (१८ अप्रिल) नेदरल्याण्ड विरुद्ध मलेसिया दिउँसो १२ः१५ देखि
वैशाख ६ गते सोमबार (१९ अप्रिल) नेपाल विरुद्ध मलेसिया दिउँसो २ः१५ देखि
वैशाख ७ गते मंगलबार (२० अप्रिल) नेदरल्याण्ड विरुद्ध नेपाल दिउँसो २ः१५ देखि
वैशाख ८ गते बुधबार (२१ अप्रिल) मलेसिया विरुद्ध नेदरल्याण्ड दिउँसो १२ः१५ देखि
वैशाख ९ गते बिहीबार (२२ अप्रिल) मलेसिया विरुद्ध नेपाल दिउँसो २ः१५ देखि
वैशाख १० गते शुक्रबार (२३ अप्रिल) रेस्ट डे
वैशाख ११ गते शनिबार (२४ अप्रिल) फाइनल

बन्द प्रशिक्षणका लागि बोलाइएको नेपाली टोली

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुसन भारी, साहब आलाम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।