काठमाडौँ – अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बनेको छ ।


ADVERTISEMENT


नेपाली मुद्रा गत १७ नोभेम्बर २०२० यताकै कमजोर बनेको छ ।


ADVERTISEMENT

# # #


बुधवार प्रतिडलर ११७.८० रुपैयाँमा कारोवार भएकोमा आज भने १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर ११९ मा कारोवार हुँदैछ, जुन साढे ४ महीनायताकै कमजोर हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि डलरको मूल्य ११९ रुपैयाँ ५९ पैसा तोक्दै छ । यसअघि २०२० नोभेम्बर १७ मा डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेको थियो । त्यसपछि घटेको डलरको मूल्य बुधवारको तुलनामा आज बिहीवार १ रुपैयाँ ७९ पैसाले बढेर ११९ रुपैयाँ ५९ पैसा पुगेको हो ।