दाङ – भारतीय सहयोगमा दाङस्थित राप्ति ‘कोल्ड स्टोर’ (शीत भण्डार) सञ्चालनमा आएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले शनिवार दाङस्थित लमही बजारमा निर्माण गरिएको उक्त कोल्ड स्टोरको उद्घाटन गरेसँग सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


४ करोड २५ लाख भारतीय अनुदान र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैंया लागतमा ३२०० एमटी क्षमताको उक्त कोल्ड स्टोरको निर्माण गरिएको हो ।


ADVERTISEMENT

# # #


स्टोरमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिनेछ । यस नवनिर्मित कोल्ड स्टोरले कृषि उत्पादनको बजार मूल्यलाई कायम राखि त्यस क्षेत्रका साना तथा मझौला कृषकको आय स्तरलाई बढाउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।