काठमाडौँ– नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९एक्प्रेस वे० सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले आज काठमाडौँको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा बलाध्यक्ष रथी थापाले सो आयोजनालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाएको बताउँदै निर्धारित समयमा नै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कूल ७६.२ किमी लम्बाइको द्रुतमार्ग निर्माणका लागि सेनाले सो क्षेत्रअन्तर्गत खोकना, मख्खु, कुलेखानी, महादेव, डेड्री, लानीडाँडा, बुदुने, राजटामार, अन्धेरी र निजगढ गरी १० स्थानमा सैनिक बेसक्याम्प निर्माण गरी आयोजनाको काम एकैसाथ द्रुत गतिमा अघि बढाउने योजना बनाएको छ । जसमध्ये पाँच बेसक्याम्पको निर्माण अन्तिम चरणमा रहेको सेनाले जनाएको छ ।