पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती-१६ डण्डामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार टायर पच्चर भएर रोकिराखेको ना ६ ख १६ ५३ नम्बरको ट्रकमा ना ४३ प ८४ ०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दुबिन्दु नगरपालिका-६ बस्ने २० वर्षीय प्रकाश महत्तो र अनिल महतोको उपचारको क्रममा पुरानो मेडीकल कलेज भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो । आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #