काठमाडौँ – अघिल्लो शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक/दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।


ADVERTISEMENT


यस बीचमा समर्थन फिर्ता नलिएको केन्द्रको बिहीवारको बैठकले आज बिहाना ११ बजे तय गरिएको बैठकमा केही निर्णय गर्ने चर्चा थियो ।


ADVERTISEMENT

# # #


तर केन्द्रको पूर्वनिर्धारित कमिटी बैठक नै अन्तिम चरणमा आएर स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको आजको बैठक स्थगित भएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए । केही नेताहरु राजधानीबाहिर भएकाले बैठक स्थगित भएको उनले बताए ।

अर्को बैठकको मिति तय भइनसकेको जानकारी उनले दिए ।