काठमाडौँ – नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् । काठमाडौँमा आयोजित ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वमा प्रधान विजयी भएका हुन् ।


ADVERTISEMENT


एशोसिएसनमा प्रधान र नवीन श्रेष्ठको प्यानल निर्वाचित भएकोमा प्रधान प्यानलसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


शनिबार बिहान सात बजेबाट उम्मेदवारी दर्ता र दिउँसो साढे १२ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएकोमा शनिवार राति सार्वजनिक चुनावी नतिजाअनुसार महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।