काठमाडौँ – बाँकेको नरैनापुरमा आगलागी हुँदा १२० घर जलेर नष्ट भएका छन् । शनिवार अपरान्ह तीन बजे लागेको आगो बिहाना मात्रै निभाइसकिएको थियो ।


ADVERTISEMENT


आगलागीमा १२० घर जलेर नष्ट भएका छन् भने करोडौँको क्षति भएको छ ।


ADVERTISEMENT

# # #


बाँकेका प्रहरी उपरीक्षक ओमप्रकाश राणाले आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा र नगद जलेर करोडौँको क्षति भएको प्ररम्भिक अनुमान गरेको बताए ।

स्थानीय एक गोठबाट शुरु भएको आगो सिँगो बस्तीमा फैलिएको थियो ।