काठमाडौँ – नेपाल वित्तीय संस्था संघले संस्थाको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर चयन गरेको छ । शुक्रवार बसेको संस्थाको २५ औँ वार्षिक साधारण सभामार्फत तुलाधर उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् ।


ADVERTISEMENT


गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रहेका तुलाधारसहित साधारण सभाले उनकै नेतृत्वमा रहको पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिंह भण्डारी निर्विरोध चयन भएका छन् ।