काठमाडौँ– सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुर्व्यसनीलगायत कु–प्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयतादेखि उक्त अभियानको थालनी गरेको हो । जिल्लाका विभिन्न गाउँ तथा टोलमा अझै पनि बाल तथा बहुविवाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफूहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। उनले भने, ‘जिल्लाका विभिन्न स्थलमा बहुविवाह, बालविवाहलगायत घटना कायमै भएको पाएकाले टोलटोलमा प्रहरी अभियानसँगै अन्य कुप्रथाको अन्त्यका लागि अभियान थालेका छौँ, सबैको सहयोग जरुरी छ ।’


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा २० वटा प्रहरी टोली तथा अन्य ग्रामीण क्षेत्रमा रहेका प्रहरी एकाइमार्फत अभियान सञ्चालन गरिरहेको छ । प्रहरीहरुको टोली टोलटोल, स्कूल तथा सार्वजनिक ठाउँहरुमा पुगेर सामाजिक विकृतिविरुद्ध जनचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिएका छन् । टोलटोल र गाउँगाउँमा खटिएका प्रहरी टोलीले प्रत्येक टोलमा बहुविवाह, बालविवाह, छाउपडी प्रथालगायत अन्य कुप्रथा अन्त्यका लागि स्थानीयवासीलाई भेला गराएर चेतनामूलक पोष्टर तथा पम्प्लेट वितरण गर्ने काम गरिरहेका छन् ।

त्यस्तै, प्रहरीले विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनीमा फसेका बालबालिका, युवायुवतीलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस