महोत्तरी – बेपत्ता भनिएका ७ बालिका तथा किशोरीको समूह भारतमा भेटिएको छ ।


ADVERTISEMENT


महोत्तरी भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका ७ बालिका तथा किशोरी समूहलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट उद्वार गरेको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


मंगलबार दिउँसो घाँस काट्न गएका उनीहरु त्यहिबाट बेपत्ता भएका थिए । १० देखि १८ उमेर समूहका उनीहरुलाई अपहरण गरिएको आशंका गरिएको थियो ।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएपछि परिवारले दिएको जाहेरीको आधारमा प्रहरीले खोजी कार्यलाई तीव्र रुपमा अघि बढाएको थियो ।

घाँस काट्न भनी निस्केका उनीहरुलाई कसले र किन भारत लगेको हो? भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।