काठमाडौँ – रकम भुक्तानीलाई सहज बनाउने उद्देश्यले उपाय सिटी कार्गो र कुमारी बैंकको सहकार्यमा सिटी कार्गोलाई प्रविधिमैत्री बनाउन क्युआर कोर्डको शुरुवात गरिएको छ ।


ADVERTISEMENT


मंगलवार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष अमीर प्रताप राणा, अमेरिकी लगानीमा सिप स्किल फर इम्प्लोयमेन्ट प्रोग्रामका लागि नेपाल प्रमुख बलजित बोहरा र डिजिटल भुक्तानी कम्पनी एफवन सफ्टका अध्यक्ष विश्वास ढकालले संयुक्त रुपमा क्युआर कोर्डको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उपाय सिटी कार्गोमा आवद्ध ड्राइभरलाई क्युआर कोर्ड र डिजिटल पेमेन्टको प्रशिक्षणद्वारा अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई औपचारिक बनाउन मद्द पुर्याउने गरी बैंक र कम्पनीबीच सहकार्य भएको उपायका सह संस्थापक अमिगो खड्काले जानकारी दिए ।

यसका साथै उपायसँग आवद्ध ड्राइभरले बैंकबाट क्युआर कोर्ड सुविधाका साथै सहुलियतपूर्ण कर्जा, जीवन बीमा, निम्न डाउन पेमेन्ट र ईएमआईको सुविधा पनि पाउन सकिने बताइएको छ ।

२ सय ड्राइभर र ६ सय कृषकलाई स्वरोजगार बनाउन उपाय सिटी कार्गोले पोखरा, बुटवल र भैरहवामा पनि सेवा विस्तार गर्ने जानकारी दिएको छ ।