काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व राज्यमन्त्री भगवती चौधरी सदस्य छन् ।


ADVERTISEMENT


जसपाका नेता तथा सांसद रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनकारी पक्षसँग वार्ता गर्न सरकारले बार्ता टोली गठन गरेको हो ।


ADVERTISEMENT

# # #


थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

चैत १२ गते गृहमन्त्री वादल माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए । वार्ता टोली सदस्य भगवती चौधरीले थारु कल्याणकारी सभाका माग पुरा गर्न सरकार सकारात्मक भएकाृे बताउँदै वार्ताले राम्रो सन्देस दिने आशा व्यक्त गरिन् ।