काठमाडौँ– काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालले काठमाडौँ र ललितपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।


ADVERTISEMENT


पछिल्लो पटक विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको अस्पतालले यस पटक भने काठमाडौँ र ललितपरवासीका लागि सो शिविर सञ्चालन गरेको हो ।


ADVERTISEMENT

# # #


सञ्चालित उक्त शिविरअन्र्तगत काठमाडौँको बानेश्वरबाट ९ सय ७४ र ललितपुरको बुङमति स्वास्थ्य चौकीबाट ८ सय ७७ गरी कुल १ हजार ८ सय ८१ जना उक्त सेवा लिएको अस्पतालले जनाएको छ ।

जसमध्ये बुङ्गमतीको शिविरबाट २०१ जनाको ल्याब टेष्ट, १६३ जनाको इसिजी र १२२ जनाको भिडियो एक्सरे गरिएको छ भने, बानेश्वरबाट १९८ जनाले ल्याब टेष्ट, १५५ जनाले भिडियो एक्सरे र १३० जनाले इसिजीलगायतको सेवा प्राप्त गरेका छन् ।