चितवन– पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो ।


ADVERTISEMENT


यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताए ।


ADVERTISEMENT

# # #


चौधरीका अनुसार, प्रतियोगिताका विजेताले क्रमशः प्रथम हुनेलाई रु एक लाख ११ हजार १११ र द्वितीय हुनेलाई रु. ५५ हजार ५५५ पुरस्कार, ट्रफी र प्रमणपत्र प्रदान गरिनेछ । ‘प्रथम कालिका गोल्डकप’ नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साइकल पुरस्कार दिइने छ । रासस