काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आगामी जेठ ३० गतेको मिति तय भएको छ ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनबारे चासो दिएपनि नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न माग राखी ४८ दिनसम्म अनसन बसेको थियो ।


ADVERTISEMENT

# # #


अन्ततः नेविसंघ र त्रिविबीच ५ बुँदे सम्झौता भएपछि निर्वाचनको मिति तय भएको हो । नेविसंघले आगामी जेठ ३० मा निर्वाचनका लागि सहमति जनाएको छ ।

छिटपुट केही क्याम्पसमा स्ववियु निर्वाचन भएपनि धेरै क्याम्पसमा १५ वर्षदेखि चुनाव हुन सकेको छैन । २०६२ सालयता पूर्वी तराईका केही क्याम्पसमा निर्वाचन हुने सकेको छैन भने २०६५ र २०७० मा पनि धेरै क्याम्पसमा चुनाव हुन सकेको थिएन । पछिल्लो समय २०७३ मा स्ववियुको चुनाव भएकोमा त्यसताका पनि विद्यार्थी संगठनबीचको लफडाका कारण ३० प्रतिशत क्याम्पसमा मात्र चुनाव सम्पन्न भएको थियो ।