काठमाडौँ – ट्याक्सी चालकबाट पठाओ चालक कुटिएपछि खतरा बढेको भन्दै राइड शेयरिङ कम्पनी पठाओ बानेश्वरबाट दरबारमार्गमा सरेको छ ।


ADVERTISEMENT


उक्त आक्रमणपछि नयाँ कार्यालयमा असुरक्षा महशुस गरी पठाओको पुरानो कार्यालय दरबारमार्ग सरेको कम्पनी स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोमवार काठमाडौँस्थित सामाखुसीमा ट्याक्सी चालकबाट सामुहिक रुपमा एक पठाओ चालक कुटिएका थिए । मंगलवार र बुधवार पठाओ सेवा बन्दै भएकोमा बिहीवारदेखि पठाओ चालकलाई कम्पनी अंकित सबै संकेत निषेध गरेर सेवा शुरु भएको थियो ।

केही समय अघि बानेश्वरको पठाओ कार्यालयमा पठाओ चालकबाटै आक्रमण गरेका थिए । कम्पनी उतिबेला आक्रमण भएपछि अर्को कार्यालयबाट सेवा सञ्चालन गर्ने तयारी गरेको थियो । सोहीअनुसार कम्पनीले मासिक ४ लाख भाडामा कार्यालयका लागि दरबामार्गमा घर लिएको थियो ।

कम्पनीले आफ्नो सबै काम दरबारमार्गबाटै शुरु गरिसकेको छ । यद्यपि, दरबारमार्ग कार्यालय सारिएको केही समयका लागि मात्र भएको जानकारी स्रोतले दिएको छ ।