काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाले असन्तुष्ट माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष समेत उपस्थित रहेको छ ।


ADVERTISEMENT


बैठकपछि बोल्दै माधव पक्षका नेता योगेश भट्टराईले आफूहरुले बैठकमा फागुन २३ को सर्वोच्च अदालतको निर्णयले पूर्ववत पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दलको बैठक पनि पूर्ववत रुपमै अघि बढ्नु पर्ने बताएको जानकारी दिए । साथै पार्टीका केन्द्रीय कमिटि लगायतका सम्पूर्ण कमिटि पनि नेकपा एकता घोषणा हुनुअघि २०७५ जेठ २ गतेमा फर्काउने पर्ने माग राखेको उनले बताए ।


ADVERTISEMENT

# # #


बैठकमा हिजोका तिता मिठा कुरालाई बिर्सिएर पार्टीलाई एकतावद्ध बनाउनका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा ओलीले पहल कदमी लिनुपर्ने नेता पक्षले आग्रह गरेको थियो । जवाफमा प्रधानमन्त्री ओलीले त्यसलाई गम्भीरतापूर्वक लिएको नेता भट्टराईले बताए ।

प्रधानमन्त्री ओलीले छलफलका लागि आफू सँधै तयार रहेको र पार्टीलाई नयाँ ढंगले लैजानुपर्ने बताएको नेता भट्टराईले जानकारी दिए ।

आजको बैठकमा नेता नेपाल र भीम रावल भने अनुपस्थित रहेका थिए ।