काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि जाने भएको छ ।


ADVERTISEMENT


ओलीले शुक्रबार दिउँसो ३ बजेका लागि दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो । उाथै माधव–झलनाथ समूहले पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग समेत गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेता नेपाल समूह सहभागी भएको थिएन । सर्वोच्च अदालतले नेकपाको नाम आधारिकारिकता सम्बन्धी मुद्दामा फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा एमाले ओली र माधव–झलनाथ समूह गरी दुई कित्तामा विभाजित रहेको छ ।