काठमाडौँ – काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एंव व्यवस्थित बनाउन नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु परिचालन गरिएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा ५० जना पूर्व दीक्षित क्याडेटलाई ट्राफिक स्वयम्सेवाकका रुपमा परिचालन गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाली सेनाका अनुसार नेसनल क्याडेट कर्प्स(एनसीसी) क्याडेटले मंगलबारदेखि १० दिनका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा बिहान ८ देखि १० हजेसम्म र बेल्का ३ः३० देखि ६ः३० बजेसम्म गरी दुई सिफ्टमा ट्राफिक व्यवस्थापनमा भूमिका खेल्नेछ ।

यसअघि चैत्र ८ र ९ गते स्वयम् सेवकको भूमिकामा खटिने एनसीसी आल्मिुनी एशोसिएसन अफ नेपालका ५० जना पूर्व दीक्षित क्याडेटहरुलाई ट्राफिक अभिमुखिकरण सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

राष्ट्रिय सेवा दलले प्रशिक्षित एनसीसी क्याडेटहरुको सहभागितामा विभिन्‍न मानविय सेवा तथा विपदको समयमा स्वयं सेवकको रुपमा परिचालन भई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।