काठमाडौँ – काठमाडौँमा जारी नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित ‘तीन देशीय कप २०२१’का लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।


ADVERTISEMENT


प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण कुमार लिम्बुले गर्ने भएका छन् । नेपाली टोलीमा गोलकिपरमा कप्तान किरण कुमार लिम्बुसँगै विकेश कुथु र दीप कार्की रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै डिफेन्डरमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दीपेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ रहेका छन् ।

यस्तै मिडफिल्डरको जिम्मेवारी त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रविशंकर पासवानले निभाउने छन् ।

यस्तै फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास रहेका छन् ।

जारी कपमा नेपालले आफ्नो पहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्दैछ । यस्तै नेपालले दोस्रो खेल बंगलादेशसँग शनिबार खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बंगलादेशले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो ।