काभ्रे – कोरोना महामारीका कारण सबैभन्दा बढी होटल क्षेत्र प्रभावित भएपनि अवस्था सामान्य भइनसक्दै धुलिखेलमा ठूलो लगानीमा होटल खुलेको छ । काठमाडौँ नजीकको सुन्दर पर्यटकीय क्षेत्रका रुपमा चर्चित धुलिखेलमा ४ जना व्यवसायी मिलेर ‘हिमालय दृश्य’ होटल सञ्चालनमा ल्याएका हुन् ।


ADVERTISEMENT


पर्यटन व्यवसायमा आवद्ध सिबी थापा, श्यामकाजी महत, उमेश श्रेष्ठ र अशोक श्रेष्ठले उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलबाट धुलिखेलका सुन्दर दृश्यहरु देख्न पाइन्छ । अन्नपुर्ण, गणेश, लाङटाङ, गौरीशंकर जस्ता हिमालहरु होटलबाटै देख्न सकिने भएकाले होटलको नाम ‘हिमालय दृश्य राखिएको सञ्चालक श्यामकाजी महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्वीमिङपुल, सोना स्टिम, स्पा, ब्यांक्वेट हल, मिटिङरुम, बगैंचा जस्ता सुविधा भएको उक्त होटलमा ४३ कोठा छन् । उक्त होटल निर्माणको काम ३ वर्ष अघि शुरु गरिएको सञ्चालक महतले जानकारी दिए । १८ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा सबै कर्मचारी धुलिखेलबाटै राखिएकाले यसले स्थानीय रोजगारी पनि सिर्जना गरेको सञ्चालक सिबी थापाले बताए ।