काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितमा उनको कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने भएको छ ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी आज बङ्गलादेशको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज ५४ जनाको टोलीसहित त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् । रासस