काठमाडौँ– नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ ।


ADVERTISEMENT


टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो ।


ADVERTISEMENT

# # #


त्यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जीबी डाटा पाइनेछ । त्यस्तै ६० रुपैयाँमा ५०० एमबी डाटा उपलब्ध हुनेछ । यो अफर पनि कात्तिक १५ गतेसम्म लिइसक्नुपर्ने टेलिकमले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

कात्तिक २ देखि ८ गतेभित्र नेटको पैसा सकिने ग्राहकहरुका लागि ९ गतेसम्म समय थप गरिएको छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको अहिलेको महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

कम्पनीले कात्तिक १ गतेदेखि कात्तिक ३० सम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम ९यू सिम० निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिन्छ ।