काठमाडौँ – घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल वेश क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी पक्राउ परेका छन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई ५० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरुले सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै घुस लिएका थिए ।


ADVERTISEMENT

# # #


पक्राउ परेका उनीहरुलाई जनही ५० हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार सजाय माग गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।