काठमाडौँ – औषधी व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख घुससहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


इटहरीबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फार्मेसी अधिकृत सुवेदीलाई आइतबार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । उनले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै दुई लाख घुस लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता रिसालका अनुसार पक्राउ परेका सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दुई लाख रुपैयाँ बिगो दाबीसहित आवश्यक कारबाही माग गर्दै आइतबार काठमाडौँस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।