काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरुले केपी ओलीलाई प्रयोग गरिरहेको जिकिर गरेका छन् ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्नका लागि विदेशी तत्वहरुले केपी ओलीलाई हुर्काएका बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति अनि जाति, लिंग र समुदायका हकअधिकार सिध्याउन सक्ने, विदेशीसँग राम्रै लम्पसार पार्न सक्ने २० औँ, २५ औं वर्षदेखि विदेशीले हुर्काएको पालित–पोषित पनि को हो भनेर हेर्दै जाँदा त्यो धारको प्रतिनिधिको रुपमा सबैले केपी ओलीलाई भनेका छन् ।’

उनले अघि थपे, ‘हिजोका गणतन्त्र विरोधी र सामन्तवादका दलाल ति सबै मिलेर एउटा धार बनेको छ । त्यसको नेतृत्व नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे को छ भनेर खोज्दै जाँदा यिनीहरुले केपी ओली भेटेका थिए।’

सबैलाई पहिचान र अधिकार दिन तथा जागरण दिने काम आफूहरूले गरेको बताए।