काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच मर्जरपछि एकीकृत कारोवार शुभारम्भ भएको छ ।


ADVERTISEMENT


मर्जरपछि आइतबार एक समाराहका बीच कम्पनीको एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नामबाट भएको हो ।


ADVERTISEMENT

# # #


जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था बीच गत पुस १० गते मर्जर गर्ने सम्झौता भएको थियो । सोही अनुसार माघ १० गते दुवै संस्थाको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरको सहमतिलाई अन्तिम स्वीकृति दिएको थियो ।

अन्तिम स्वीकृति पाएपछि सोही अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लालमणि जोशीले एक कार्यक्रमका बिच संयुक्त रुपमा एकीकृत कारोबार सुरु गरेका हुन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छन् । यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालभरि ८५ शाखा संचालनमा रहेका छन् ।

मर्जर पश्चात कम्पनीका २२३ शाखा कार्यालयबाट १ लाख ३५ हजार भन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु १५ अर्ब भन्दा माथि पुग्नेछ ।