कौशला लामिछानेको छैटौं स्मृति दिवसमा ‘आमा भएको भए’ को लोकार्पण भएको छ ।


ADVERTISEMENT


उनैद्वारा लिखित ‘आमा भएको भए’ शनिवार राजधानीको स्वयम्भूस्थित होटल च्वाइसको प्रेक्षालयमा सुसम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा विशिष्ट अतिथि युवराज नयाँघरेले दिवङ्गत कौशला लामिछानेसँग भएका भेटघाट, भलाकुसारीको स्मरण गर्दै उनको धारिलो लेखनीको मुक्त कण्ठले प्रशंसा गरे । नयाँघरेले नियतिले उनलाई चटक्क चुँडेर लगेकोमा दुखेसो व्यक्त गरेका थिए ।

यस्तै, प्रमुख अतिथि माया ठकुरीले भने कौशला लामिछानेले अलका अस्पतालमा बिताएका अन्तिम दर्दनाक क्षणहरूको स्मरण गर्दै कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरू अब्बल दर्जाका रहेको दाबी गरेकी थिइन्, भने साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीले सामाखुसी साहित्य प्रतिष्ठानले नै कौशला लामिछानेको लेखनीलाई गोडमेल गरेको जिकिर गरेका छन् ।

कार्यक्रमका सभापति तथा कौशला लामिछाने स्मृति कोषका अध्यक्ष राजेन्द्रमान डङ्गोलले कौशला लामिछानेलाई अविस्मरणीय बनाउन संस्थाले आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिए ।