काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनःस्थापित प्रतिनिधिसभाले सुरुवातमै राम्रो संकेत नदेखाएको टिप्प्णी गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारले ल्याएको अध्यादेशलाई संसदको पहिलो बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्थालाई लागू गर्न नदिएको बताउँदै प्रतिनिधिसभाले संकेत राम्रो नदेखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


संसद सुचारु हुन नपाउँदै सांसदको विरोधका कारण बलात्कार सम्बन्धी अध्यादेश, खोप सम्बन्धी अध्यादेश र टिआरसी सम्बन्धी अध्यादेशमाथि छलफल गर्न नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

वर्तमान सरकारले गरेका राम्रो कामहरुलाई नदेखेको बताउँदै उनले कुनै व्यक्तिले पद नपाउँदा प्रतिगमन र पाउँदा अग्रगमन हुन्छ भन्दै प्रश्न गरे ।

‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, नपाउने प्रतिगमन हुने ?’ उनले भने, ‘तर हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन । तराईका बन्जर जमिनमा सिचाइ दिनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन ।’

फागुन ११ गतेको सर्वोेच्च अदालतको फैसलालाई सम्मान गर्दै वर्तमान सरकारले विधिको शासन र संविधानको सर्वोच्चतलाई विश्वास गर्ने उनले बताए ।