काठमाडौँ– धादिङमा जिउँदै महिलालाई पुरेर फरार भएका एक्स्काभेटर चालक कञ्चनपुरबाट पक्राउ परेका छन् ।


ADVERTISEMENT


सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमालको उद्वार गर्नुको साटो जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


केही बेरमा पत्रकार सम्मेलन गरी बुढाथोकीलाई सार्वजनिक गर्न लागिएको सीआईबीले जनाएको छ ।

धादिङको जिपजिपेमा सडक निर्माणका क्रममा घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरले ठक्कर दिएपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

पुरिएको कुमालको शव सडक मजदुरले खाल्डो खनेर झिकेका थिए ।