काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक परिस्थितिले आफूलाई चिन्तित बताउँदै समस्याको समाधानका लागि दलहरु मिल्नुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उनले आपसी संवाद, सहकार्य र एकतालाई दलहरुले प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै बताउँदै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् । बैठकमा दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरश पालना गरेको र प्रतिनिधिसभा विघटन गर्ने निर्णय आफ्नो नभएको बताएकी छन् ।

संविधान अनुसार नै सरकारले गरेका सिफरिसलाई कार्यान्वयन गरेको उनको भनाई थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् । बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका थिए ।