काठमाडौँ – राष्ट्रपति कार्यालय शितल निवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्माओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरु उपस्थित रहेका छन् ।


ADVERTISEMENT


यस्तै राप्रपाका नेता प्रकाश चन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि उपस्थित रहेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा नेकपा एमालेका माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरु भने उपस्थित छैनन् ।

पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भवनमा सुरु भएको बैठकलाई महत्वका साथ हेरिएको छ ।