काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विशेष साधारण सभा आज मंगलबार एक समारोहको बिच सम्पन्न गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा उक्त सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।