काठमाडौँ – आगामी जेठदेखि नेपालमा दर्ता भएका फोन मात्र चल्ने भएका छन् । खुला सिमा नाकाका कारण अनधिकृत मोबाइल फोन भित्रिने गरेकाले भन्सार छली रोक्नका लागि नेपाल दूरसञ्चार प्रालिले यस्तो तयारी गरेको हो ।


ADVERTISEMENT


हाल नेपालमा उपलब्ध मध्ये करिब आधा फोन भन्सार छली भएर आउने गरेको दाबी व्यवसायीहरुले गर्दै आएका थिए । जसकारण दर्ता फोन मात्र चल्नुपर्ने माग बारम्बार उनीहरुले उठाउँदै आएका थिए । सोही गुनाशो सम्बोधनका क्रममा प्राधिकरणले दुई वर्षअघि नेपाल भित्रिने अनधिकृत मोबाइल फोन चल्न बन्द गर्ने तयारी गरेको थियो ।


ADVERTISEMENT

# # #


प्राधिकरणले अवैध मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि एम एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरलाई अघिल्लो वर्ष असारमा ठेक्का दिएको थियो । ६ महीनाभित्रै एमडीएमएस जडान गरि परिक्षणका लागि रू. ७९ करोड १५ लाखमा ठेक्का दिइएकोमा कम्पनीले समयमै सामान ल्याउन नसक्दा उक्त परियोजना ढिलो हुन पुगेको प्रवक्ता अर्यालले बताए । २ वर्ष अघिको उक्त योजना तयारी अन्तिम चरणमा पुगेको प्राधिरकणले बताएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालकानुसार चाबहिलस्थित प्राधिकरणको आफ्नै जग्गामा एमडीएमएस जडानका लागि फ्रिक्याब भवन निर्माणको काम अघि बढेको छ । ‘जेठबाट उक्त प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेका छौँ,’ उनले बताए ।

यो प्रणाली सञ्चालनमा आएपछि नेपालमा मोबाइल फोनको आधिकारिक डिलरशीप भएका कम्पनीले भित्र्याएका फोन मात्र नेपालमा चल्नेछन् । अरु फोन प्राधिकरणको उक्त प्रणालीले बन्द गरिदिने अर्यालले बताए ।