बझाङ– थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


संस्थाका सहजकर्ता शेरबहादुर ओखेडाले अनुसार, गाउँपालिकाको आर्थिक सहयोग र आरडिएनको आयोजनामा उक्त कार्यक्रम आइतबारदेखि शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा दलितका समस्या पहिचान गर्ने, नमूना बस्ती निर्माण गर्ने र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिकाभरिका नौवटै वडामा अन्तरक्रिया गरिने जनाइएको छ । सो कार्यक्रमबाट गाउँपालिकाभित्रका प्रत्येक वडामा एक दलित बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्य रहेको आरडिएनका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिए ।

अन्तरक्रियामा लम्बा र झपालीलाई नमूना बस्ती निर्माण गर्ने निर्णय भएको बताइएको छ । चैत १५ गतेभित्र गाउँपालिकाभरिका नौवटै वडामा नमूना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने आरडिएनका सहजकर्ता ओखेडाले बताए। रासस