काठमाडौँ– ईशान बाल तथा महिला अस्पतालले आधुनिक मेसिनद्वारा पहिलो पटक गरिएको बाल-ल्याप्रोस्कापी शल्यक्रिया सफल भएको छ ।


ADVERTISEMENT


नेपालकै पहिलो निजी बाल अस्पताल रहेको सो अस्पतालले ४ वर्षीय बालकको दाहिने पेटमा रहेको अण्डकोषको समस्या ल्याप्रोस्कोपी शल्यक्रियाको माध्यमबाट नै  सफल उपचार गरेको जानकारी  विज्ञप्तिमार्फत दिएको हो ।


ADVERTISEMENT

# # #


बालकको दाहिने पेटमा रहेको अण्डकोष गत फागुन २८ गते सफलतापुर्वक दाहिने अण्डकोषको थौलोमा नै राखिएको अस्पतालले जनाएको छ । प्रा.डा.रामानन्द प्रसाद (आरपि) चौधरी, डा निरपेक्ष राज भण्डारी, डा संञ्जय कुमार शाह, र एनेस्थेसिया चिकित्सक डा. छन्द बहादुर बुढाथोकी लगायत नर्सिङ टोलीलगायतको संलग्नातामा सो शल्यक्रिया सम्पन्न भएको हो ।

प्रायजसोः पेट चिरेरै गरिने यसप्रकारको शल्यक्रिया ल्याप्रोस्कोपीबाट नै सम्भव भएको सम्भवतः यो नेपालकै पहिलो केश हो । ल्याप्रोस्कोपी दूरबिन एवम् डिजिटल मेसिनको सहायताबाट शल्यक्रिया गरिने उपचार पद्वति हो । यसका लागि शरीर नचिरीकन नै पेटमा स–साना प्वाल बनाई दूरबिनको माध्यमबाटै सम्पन्न गरिन्छ ।

शल्यक्रिया गरिएको बालकलाई भने भोलिपल्ट नै डिस्चार्ज गरिसकेको अस्पतालको भनाई छ ।