काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।


ADVERTISEMENT


सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभूमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ द्वारा सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई सम्मानित गरेको छ ।


ADVERTISEMENT

# # #


शनिबार एका कार्यक्रमबा बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले ५१ हजार राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गरेका हुन् । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।