दमौली– नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


तनहुँको व्यास नगरपालिका १२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


‘नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ? भनी बुझेर टिकट दिनुपर्छ; अर्को प्रसङ्गमा पूर्वमन्त्री जोशीले भने; ‘त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले मान्ने अवस्था रहँदैन ।’

नेता जोशीले अबको चुनावमा आफूले लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । रासस