प्रत्येक व्यक्तिको आ–आफ्नै रुचि एवम् मनपर्ने पक्षहरु रहेका हुन्छन् । त्यसैगरि, भर्खरै शुरुआत हुदैँ गरेको गर्मीयामको सन्दर्भमा पनि कतिपयको बेग्लाबेग्लै धारणा एवम् मनपर्ने र नपर्ने पक्षहरु रहेको हुनसक्छ । अत्याधिक गर्मी र उच्च तापक्रमको कारण केहि समूहले यस यामलाई खासै रुचाएको देखिदैन । यद्यपि यस याममा पाइने केहि फलहरुबाट भने गर्मीयाम मन पर्ने र नपर्ने दुवै समूहैले फाइदा लिन सक्छन् । स्वास्थ्य एवम् सौन्दर्य दुवैका निम्ति फाइदामुलक रहेको ती फलहरु निम्न रहेका छन् :


ADVERTISEMENT


खरबुजा


ADVERTISEMENT

# # #


पानीले भरिपुर्ण यस फलबिना गर्मीयाम अधुरो नै रहन्छ । यो गर्मीमा शरीरलाई शितलता प्रदान गर्ने एक उपयुक्त फल पनि हो । पानीले भरिपूर्णका साथै सजिलै अनि कम मुल्यमै उपलब्ध हुने यो फल भिटामिन ए र सीको मुख्य स्रोत पनि हो । भिटामिन ए शरीरमा प्रतिरोध प्रणालीको विकास गर्न तथा आँखाको निम्ति उत्तिकै उपयोगी मानिन्छ ।

यस्तै, भिटामिन सीले पनि शरीरमा प्रतिरक्षा प्रणाली बुस्ट गराउन मद्दत गर्छ । यसका साथै यसको अर्काे गुण भनेको यसमा उपलब्त्र हुने भिटामिन बी६ र पोटासियम पनि हो । भिटामिन बी६ ले प्रतिरक्षा प्रणालीलाई बुस्ट गर्दैगर्दा पोटासियमले भने शरीरमा पानीको मात्रार्को व्यवस्थापन गर्छ । यसैगरि, खरबुजाले छालालाई घामबाट डढ्न बचाउन तथा मुटुरोगीका लागि पनि उत्तिकै लाभदायिक मानिन्छ ।

आँप

गर्मीयाम भनेको आँपको सिजन पनि हो । यस याममा जसरी हामीले सजिलै बजारमा आँप भेट्न सक्छौ, त्यत्तिकै सजिलै आँपप्रेमी पनि भेट्टाउन सक्छौ । यस्तै, फलफुलको राजा पनि मानिने आँपकै कारण गर्मीयाम मन पराउने व्यक्तिहरु समेत हाम्रो समाजमा रहेका छन् ।

आँपमा उच्च क्यालोरी हुने भएता पनि यसको न्युट्रिशनको मात्रा भने प्रचुर रहन्छ । यस्तै, फाइबरका साथै २० मिनरल्स तथा भिटामिन उपलब्ध हुने भएकाले पनि यसलाई फलफूलको राजा मानिन्छ । यसैगरि, आँप भिटामिन ए र सीको मुख्य स्रोत पनि हो । जसले पाचन प्रणाली, आँखा, मुटु, छाला तथा कपाललगायतको स्वास्थ्यमा फाइदा पुर्‍याउँदै हाम्रो शरीरको प्रतिरो प्रणालीलार्य समेत मजबुत गराउँछ ।

मेवा

गर्मीका लागि उपयुक्त अर्काे फल भनेको मेवा पनि हो । काँचो वा पाकेको जुनसुकै रुपमा पनि यसको प्रयोग गर्न सकिन्छ । मेवामा भिटामिन ए, सी तथा फोलेटजस्ता न्युट्रिशनको मात्रा प्रचूर रहन्छ । यस फलले व्यक्तिको ग्यास्ट्रिकको समस्यालाई टाढाा राख्न मद्दत गर्छ ।

यसका साथै गर्मीयाममा हुने पाचन प्रणालीको समस्यालाइृ पनि यसले कम गराउँछ । यसका साथै यसमा उपलब्ध बेटा–क्यारोटिनले छालामा पुगेको क्षति र शरीर सुन्निने समस्यालाई समेत कम गराउँछ । कम तौल चाहानेहरुका लागि पनि यो उपयुक्त फल हो ।

अम्बा

गर्मीयाममा पाइने अम्बा पनि तौल कम गराउँने एक भरपर्दाे फल हो । यद्यपि अधिकांशले भने यसलाई मन पराउँदैनन् । यदि तपाई पनि त्यसैमध्ये एक हुनुहुन्छ, भने यसको फाइदाहरुबारे जान्नु भएपछि भने तपाईले पनि अम्बा खान थाल्नुहुनेछ ।

अम्बा सुगरका बिरामीका लागि उपयुक्त फल हो । यसले शरीरमा सुगर र इन्सुलिनको मात्रालाई व्यवस्थित गर्दछ । यस्तै, यसमा पाइने उच्च मात्राको फाइबर तथा पोटासियलले शरीरको मेटाबोलिजमलाई सुधार गर्नुका सार्थ महिलामा हुने महिनावारीको पिडाबाट समेत राहत प्रदान गर्छ ।

स्ट्रबेरी

फाइबरयुक्त फलमध्ये एक रहेको स्ट्रबेरीलाई प्राचीन समयदेखि नछालाको समस्या, दाँतको पहेँलोपन तथा अपाच्य प्राचन प्रणालीको विरुद्वको फलको रुपमा प्रयोग गर्दै आएको छ । त्यसैले गर्मीमा पाइने यस फललाई स्वस्थ छाला एवम् स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ ।

आलचा

गर्मीयाममा सजिलै उपलब्ध हुने स्वस्थ्यवद्र्वक फलमध्ये आलचा पनि एक हो । न्युट्रिशनको प्रमुख स्रोत रहेको यो फलमा फाइबर तथा सोरबिटोलको मात्रा पनि उत्तिकै रहन्छ । जसले व्यक्तिलाई कब्जियतको समस्याबाट त टाढा लान्छ, नै संगै शरीरको पाचन प्रणालीमा समेत फाइदा पुर्‍याउँछ ।

यसका साथै यसले मुटुलाई स्वस्थ राखी रक्तचापलाई नियन्त्रणमा राख्दै स्ट्रोक तथा टाइप २ को मधुमेहबाट समेत बचाउने तागत राख्छ । र, यसको अर्काे गुण भनेको महिलाहरुलाई स्तन क्यान्सरको जोखिमबाट जोगाउनु पनि हो । तसर्थ यसलाई अजिलै आफ्नो डाइटमा समावेश गर्दै यसबाट फाइदा लिन सकिन्छ ।

अंगुर

हाल बजारमा यत्रतत्र सजिलै उपलब्ध हुन र देखिने फलमध्ये अंगुर पनि हो । अंगुर पोटासियमको प्रमुख स्रोत पनि हो । र, यो स्तन क्यान्सरको जोखिम कम गराउने अर्काे फल पनि हो ।

अंगुर मधुमेह तथा कोलेस्टोर बिरामीका लागि लाभदायिक मानिन्छ । यसले व्यक्तिको मुटुलाई स्वस्थ राख्न मद्दत गर्दै गुँडा तथा मस्तिष्कको स्वास्थ्यलाई समेत बुस्ट गर्छ । यसको अर्काे महत्वपुर्ण पाटो भनेको भाइरल संक्रमणबाट जोगाउँदै आँखाको स्वास्थ्य तथा अपचको समस्यालाई राख्छ ।

कटहर

के तपाईलाई थाहा छ, कटहर फलफुल होइन? हो, कटहर फलफुल अन्र्तगत नपरी बेरीज(स्ट्रबेरी, ऐसेलु, काफलगायतका फल समूह)अन्र्तगतको फल समूहभित्र पर्छ । र, यो कटहरको सम्बन्धमा एउटा रोचक पक्ष पनि हो ।

अन्त्यन्तले रुचाउने कटहर गर्मीयाममा पाइने फल हो । प्रायजसो सलादको रुपमा प्रयोग गरिने कटहरले शरीरको मेटाबोलिजमलाई बुस्ट गर्दै शरीर सुन्निने समसयालार्य कम गराउँछ । यसका साथै यसले रक्तचापलाई कम गर्नुका साथै क्यालोरी समेत बर्न गर्छ ।

लिची

गुलियो अनि मिठो स्वादको धनी लिचीको पनि आफ्नै महत्व छ । यसमा पोटासियम, पोलिफेनोल्स तथा भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरमा सोडियम तथा रक्तचापको मात्रालाई नियन्त्रण गर्छ ।

यो फल एन्टिअक्साइडेन्ट पनि भएकाले यसले शरीरको प्रतिरक्षा प्रणालीलाई अझ मजबुत बनाउँदै, क्यान्सरको जोखिम एवम्, शरीर सुनिन्ने समस्यालाई पनि कम गराउँछ ।

किवी

किवी न्युट्रिशनले भरिपुर्ण फलमध्ये एक हो । यसमा भिटामिन ए, सी र बी६ तथा म्याग्नेसियम र आइरनको मात्रा प्रशस्त पाइन्छ ।
किवीले शरीरको रगतको हेमोग्लोबिनको मात्रालाई व्यवस्थित गर्दै इरिटेबल बोवेल सिन्ड्रोम(ठुलो आन्द्रामा देखिन एकप्रकारको समस्या) बाट पनि टाढा राख्छ ।

यसैगरि, किवीलाई मुटु, छाला, कपाल, तथा कलेजोको लागि पनि अत्यन्त महत्वपुर्ण फल मानिन्छ । यसका साथै किवी शरीरमा रगतको मात्रा कम भएका बिरामीका लागि पनि अत्यन्य लाभदायिक फल हो ।
एजेन्सी ।