काठमाडौँ – तत्कालीन राज परिवारले आफ्नो शोखका लागि बनाएको सिनेमा हल सञ्चालनमा आउने भएको छ । २०२६ सालमा तत्कालीन राजपरिवारका लागि उक्त सिनेमा हल निर्माण गरिएको थियो ।


ADVERTISEMENT


सिनेमा हल २०५८ जेठको दरबार हत्याकाण्ड हुनुअघिसम्म सञ्चालनमा थियो । त्यसयता बन्द सिनेमा हल सर्वसाधारणका लागि खुला गर्न लागिएको नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।


ADVERTISEMENT

# # #


सिनेमा हलको सरसफाइ र रंगरोगनको काम भइरहेको बताउँदै उनले बैसाखदेखि सञ्चालनमा ल्याइने बताए ।

दाहालकाअनुसार उक्त सिनेमा हलमा सर्वसाधारण गएर विभिन्न डकुमेन्ट्रीहरू हेर्न पाउनेछन् । नारायणहिटीभित्र उपलब्ध रिलहरू उक्त सिनेमा हलमा चलाइनेछन् । अधिकांश रिलहरु चल्ने अवस्थामा रहेकाले तिनको परिक्षणको काम भइरहेको दाहालले जानकारी दिए ।