चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका १ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् ।


ADVERTISEMENT


कार्की बैतडीको दोगडाकेदार गाउँपालिका ६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए। ‘रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन । नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ; उनले भने ।


ADVERTISEMENT

# # #


गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस