काठमाडौं – नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न बृहत कार्यकर्ता भेला तथा मञ्च पुर्नगठन कार्यक्रममा अध्यक्षतमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


मञ्चको उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा फुर्बा तेन्जिङ शेर्पा, उपसचिवमा ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आले निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


सदस्यमा तुल बहादुर राई, रेस्मा खत्री, जमुना राई, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, अनन्त राई, ईन्दिरा भट्टराई, पर्शुराम रोक्का, खगेन्द्र विक, महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, सन्जिव राई, लाक्पा शेर्पा र ओम बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । यर्सैगरी र्फुतेन्जि शेर्पा, गंगा बहादुर श्रेष्ठ, कमल प्रधान, दिपेन्द्र कार्की, गोविन्द राई, असोक कार्की, सुमन राई, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, सुरज राई, टेक बहादुर मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, रन्जना शेर्पा, विजय राई, पर्वत शंकर, कविता राई, पेम्बा शेर्पा, आङकाजी शेर्पा, मनिकला राई समदस्यमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीका स्वकिय सचिव समेत रहेका प्रदेश सम्पर्क समिति कमिटी प्रदेश नम्बर १ अध्यक्ष ईन्द्र भण्डारीले निर्वाचित पदाधिकारी तथा सदस्यका नाम घोषणा गरेका थिए । नेकपा एमाले केन्द्रिय सदस्य एवं थियो प्रदेश एक प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराए ।

उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै पार्टीकै सरकारविरुद्ध लाग्ने असल कम्युनिष्ट नभएको बताए ।

प्रधानमन्त्रीका स्वकिय सचिव भण्डारीले ओली नेतृत्वको सरकारले देशलाई समृद्धि बनाउने राष्ट्रिय अभियानको अगुवाई गरिरहँदा पार्टीभित्रकै नेताहरूको निदहराम भएको बताए । उनले मञ्चका नवनिर्वाचित कमिटीले सरकारविरुद्धका कदमहरुको डटेर सामना गर्नुपर्ने बताए ।