काठमाडौँ – कोरोनापछि सवारीसाधनको माग ह्वात्तै बढेपछि बजारमा सवारीसाधनको सर्टेज देखिएको छ । केही समयअघि गाडी बिकेन भन्ने व्यवसायीहरुसित अहिले नयाँ गाडी किन्न आउने ग्राहकलाई दिन पनि गाडी छैनन् ।


ADVERTISEMENT


भारतबाट मागअनुसार गाडी आउन नसक्दा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकले तत्कालै गाडी पाउन सकिने अवस्था छैन । अहिले अग्रिम बुकिङ गरेर कुर्नुपर्ने अवस्था रहेको रेनो नेपालका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।


ADVERTISEMENT

# # #


हालै मात्र दुई महीना अघि बुकिङ भएका गाडी डेलिभर गरेको बताउँदै उनले आगामी २ महीनासम्मका लागि गाडी बुकिङ भइसकेको बताए । उनले भने, ‘डिलरमा गाडी नै छैन ।’

यस्तै टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पनि गागअनुसार गाडी उपलब्ध गराउन सकेको छैन । मागै नभएपछि पहिले स्टक पनि नराखिएको तर ह्वात्तै अनपेक्षित रुपमा माग बढेपछि माग धान्न कठिन भएको सिप्रदी ट्रेडिङका प्रवन्धक रुपम श्रेष्ठले बताए । उनले भने, ‘भारतमा पनि माग बढेको कारण र कम्पनीले पनि मागअनुसार गाडी उत्पादन गर्न नसकेको कारण अर्डरअनुसार गाडी आउन सकेका छैनन् ।’

भारतमा चीन लगायत अन्य देशबाट पार्टस् आयात गरेर गाडी एसेम्बल हुने गरेका छन् । कोरोनापछि संसारभर पार्टस्को अभाव देखिएको छ । जसकारण भारतीय बजारमा पार्टस् अभाव हुँदा गाडी एसेम्बलमा बाधा परिरहेको छ ।