बाग्मति– मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।


ADVERTISEMENT

# # #


नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकम बुझिसकेका नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् । उनका अनुसार, १२ वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएका छन् । त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम हुनेमा वडा नं ४ रहेको छ । सो वडामा ५७ प्रतिशतमात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेको थियो । तीमध्ये ६ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए ।

नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५ सय २७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले जनाएको छ । रासस