काठमाडौँ – हिमालयन बैंक लिमिटेडले कैलालीको अत्तरियामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले महेन्द्रनगर रोड, अत्तरियामा फागुन २३ गतेदेखि शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । यस शाखाका साथै बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।


ADVERTISEMENT

# # #