ताप्लेजुङ– फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।


ADVERTISEMENT


घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु. दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु. ८० हजार, रु ३० हजार बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब रु. एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने हालसम्म खुलेको छैन । रासस