काठमाडौँ – सशस्त्र प्रहरी बल क्रिकेट क्लब काठमाडौँमा जारी ‘काठमाडौँ मयेर कप–२०७७’ पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफले बिहीबार ‘काठमाडौँ मेयर११’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।


ADVERTISEMENT


मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ मेयर टिमले १७७ रन बनायो । जवाफमा एपीएफले ४४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।


ADVERTISEMENT

# # #


कप्तान शरद भेषावकर र सन्दीप जोराले नटआउट शतकीय साझेदारी गरेपछि एपीएफले सहज जित हात पारेको हो । त्यसक्रममा जोराले ७९ बलमा ९ चौकाको मदतमा नटआउट ६२ रन हाने भने कप्तान भेषवकरले ११८ बलमा ५ चौका र १ छक्काको मदतमा नटआउट ६१ रन बनाए ।

यस्तै शंकर राना ३१ र भ्वन कार्की ११ रनमा आउट हुँदा आशिफ शेखले खाता नै खोल्न सकेनन् । काठमाडौँका लागि कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले समान १–१ विकेट हासिल गरे ।

यसअघि काठमाडौँका लागि सन्दीप रजालीले ४८ रन बनाए । यस्तै हरिशंकर शाह ३६ र विक्रम भुषाल २० रनमा आउट हुँदा खडक बोहोरा १३ र कप्तान सन्दीप ११ रनमा पेवेलियन फर्किए ।

एपीएफका कमल सिंह ऐरी र अभिनास बोहराले समान ३–३ विकेट लिए भने वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले समान १–१ विकेट हात पारे ।

एपीएफले अब उपाधीका लागि नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।